‘मार्गप्रशस्त भनेको पद त्याग नै हो’ – सूर्य थापा

काठमाडौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मार्गप्रशस्त भनेको पद त्याग नै भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा ट्विट गर्दै मार्गप्रशस्त भनेको पद त्याग हो भन्ने कुरा बुझेको कि बुझ पचाएको भनेर प्रश्न गरेका छन्।

उनले प्रधानमन्त्रीको बिरोध मात्रै गर्नु भन्दा पनि बहुमत सदस्यहरू–१३८ जनाको समर्थनमा धारा ७६(५) बमोजिम नयाँ प्रधानमन्त्री बनेर केपी शर्मा ओलीलाई विपक्षमा बस्न बाध्य पार्न चुनौति समेत दिएका छन्।