१२ कक्षामा अध्यनरत अविनाशको डेंगुबाट मृ’त्यु

विराटनगर। विराटनगरमा डेंगुबाट एक किशोरको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्मा रहेका छन् । शर्मालाई ६ दिनअघि डेंगुको सं’क्र’मण भएको पुष्टि भएको थियो । अविनाशलाई यही भदौ २० गते सामान्य ज्व’रो आएको थियो ।

त्यसपछि सप्तकोसी नर्सिङ होमको बहिरंग विभागमा स्वास्थ्य र ल्याब परीक्षण गराउँदा उनमा डेंगुको सं’क्रमण रहेको पुष्टि भएको थियो । अविनाश विराटनगर–१० मा रहेका शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए ।अहिले मुलुकका ५६ जिल्लामा यसको सं’क्रमण फैलिसकेको छ । प्रदेश १ मा डेंगु सं’क्रमितको संख्या तीन हजार नौ सय ८३ पुगिसकेको बताइएको छ ।

यो पनि पढ्नुहोस : प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु, ७३ सङ्क्रमित

महोत्तरी: प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना स’ङ्क्रमित (प्रभावित) भएका छन् ।सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको स’ङ्क्रमणबाट मृ’त्य भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको हो ।प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा आज बिहीबार बिहानसम्म ७३ जनामा डेङ्गु स’ङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।

प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेङ्गु स’ङ्क्रण भेटिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात÷सात, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेङ्गु स’ङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताउनुभयो ।हिजो बुधबार बिहानसम्म १६ जनामा डेङ्गुको स’ङ्क्रमण देखिएको थियो भने दिउँसो सो सङ्ख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो । प्रदेशका सबै जिल्लामा डेङ्गुवि’रुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन् । सङ्क्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।

महोत्तरीको सुदूरउत्तरी क्षेत्रमा डेङ्गु भेटिएको छ । अहिलेसम्म बर्दिवास र यसैसँग सीमा जोडिएको औरही नगरपालिकामा डेङ्गुको स’ङ्क्रमण तीन जनामा भेटिएको हो । दुई वर्ष पहिले २०७४ को हिउँदमा महोत्तरीको बर्दिवास क्षेत्रमा डेङ्गु आ’त’ङ्क नै छाएको थियो । त्यतिखेर बर्दिवास र आसपासका क्षेत्रमा गरी ७०० भन्दा बढी डेङ्गु प्र’भावित भएका थिए ।यसैबीच बर्दिवास नगरपालिकाले डेङ्गुविरुद्ध सचेतना र सरसफाइ कार्यक्रम सँगसँगै शुरु गरेको छ ।

नगरपालिकाले आफ्नै स्वास्थ्य शाखाको संयोजनमा नगरभित्रका सबै स्वास्थ्य संस्था र सामाजिक सङ्घसंस्थालाई अभियानमा परिचालन गरिएको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिनुभयो । बर्दिवास नगरपालिकाले वडा नं १ का अध्यक्ष चुडामणि पोखरेलको संयोजकत्वमा सरसफाइ अभियान समिति नै गठन गरेर काम थालेको जनाएको छ ।
डेङ्गु सार्ने लामखुट्टेले घरप्रयोजनका गिलास, बटुकाजस्ता साना भाँडामा राखिएका पानीमा पनि पूmल पार्ने र वरपरका झाडीमा फैलनसक्ने भएकाले घरप्रयोजनको पानी राम्ररी छोप्न र वरपर सफा राख्न बर्दिवास अस्पतालका चिकित्सकले अपिल गरेका छन् ।

घर वरपर पानी जम्न नदिन र झारपात सफा राख्न सबैको तत्परता आवश्यक भएको अस्पतालले जनाएको छ ।त्यसैगरी टायर, ट्युबका भित्री कापमा यो लामखुट्टेले पूmल पार्ने र लार्भा हुर्कने भएकाले यत्रतत्र फालिएका टायर, ट्युव निश्चित ठाउँमा नष्ट गर्नुपर्ने बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले बताउनुभयो । (रासस)