नेकपा (एमाले) एक्लै बलियाे छ भन्ने कुरा आज स्पष्ट भएकाे छ !

शेरधन राई नेपालका राजनीतिज्ञ हुन्। हाल यिनी प्रदेश नं १ को मुख्यमन्त्री छन्। भोजपुर क्षेत्र नं १ (ख) बाट प्रदेश सभामा निर्वाचित यिनी २०७४ माघ २ गते १ नं प्रदेशको मुख्यमन्त्री निर्वाचित भएका हुन्।

राईले लेखेका छन्, :

आजबाट भ्रम ताेडियाे ! आज सम्पन्न राष्ट्रिय सभाकाे निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारलाई पार्टी भित्रै ब्वाँसाे भएर निस्किएकाहरुकाे केन्द्रिय याेजनामा नेकपा (एमाले) कै सूर्य चुनाव चिन्हबाट निर्वाचित भएका मतदाताहरुबाट हराइयाे । पार्टी बिधान, पद्वति, प्रक्रिया, निति, निर्णय र निर्देशनकाे वकालत गर्दै नेकपा र नेकपा (एमाले) भित्र भाँडभैलाे मच्याउँदै पार्टी भित्रै ब्वाँसाेकाे नियत बाेकेर नाटकीय मन्चनमा व्यस्त रहेका नेताहरुकाे मखुण्डाे आजबाट उघ्रियाे ।