पछिल्लो २४ घण्टामा ८,३०५ संक्रमित थपिए !

विहिबार नेपालमा कोरोनाभाइरसका ८,३०५ संक्रमित थपिएका छन् ।

२२ हजार ८७ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

थप १९० जनाको मृ’त्यु पुष्टि भएको छ ।

६५४३ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको छ ।

कूल संक्रमित संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । मृतक संख्या ५ हजार ८४७ पुगेको छ ।

निको हुनेको कूल संख्या ३ लाख ६६ हजार पुगेको छ ।