एकैदिन बादललाई दुई झट्का, राष्ट्रियसभा चुनाव हारे

सर्वोच्च अदालतको अन्तरिम आदेशले स्वतः गृहमन्त्रीबाट पदमुक्त भएका नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई झड्का परेको छ । उनी राष्ट्रिय सभा सदस्यको बागमती प्रदेशतर्फको सदस्यको उपनिर्वाचनमा एमाले उम्मदेवारका रुपमा हेटौंडामा छन् ।

काठमाडौंबाट हेटौंडा पुग्दासम्म गृहमन्त्री रहेका बादल उतै रहँदा भूतपूर्व भएका छन् । चुनावमा उनको जीत या हार के हुने चासो बढिरहँदा त्यसलाई ओझेलमा पार्ने गरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गैरसांसदको दोस्रोपटक मन्त्रीमा नियुक्तिलाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशमार्फत् बदर गरिदिएको छ ।

निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

यो पनि पढ्नुहोस

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित