उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने जनप्रतिनिधिहरुको क्रियाकलापको एमालेद्वारा भत्सर्ना

नेकपा एमालेको स्थायी समिति बैठकले कोभिड १९ विरुद्धको लडाई जित्न तीनै तहको सरकारलाई एकीकृत रुपमा परिचालन गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ रोकथामका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराएका थिए ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले कोभिड नियन्त्रण तथा रोकथामका लागि तीनवटा सुझाव आएको बताए । ‘भ्याक्सिनलगायतका स्वास्थ्य आवश्यक सामग्रीमा अन्तर्राष्ट्रिय सहायता परिचालन र आयातमा पहल गर्न र कोभिड नियन्त्रणमा तीनै तहका सरकार एकीकृत ढंगले परिचालन गर्नुपर्ने सुझाव आएको छ’, ज्ञवालीको भनाइ छ ।

त्यस्तै बैठकले उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने जनप्रतिनिधिहरुको क्रियाकलाप भत्सर्ना समेत गरेको छ ।