घु’स माग्ने कर्मचारीलाई यसरी तह लगाए

एजेन्सी । भारतको मध्य प्रदेशमा एक सरकारी अधिकारीले घुस मागेपछि सेवाग्राहीले उनको कारमा भैँसी बाँधेका छन् । मध्य प्रदेशको विदिशा जिल्लामा यो घटना भएको हो ।

त्यहाँका एक सरकारी अधिकारीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेका थिए ।तर रकम नभएको भन्दै सेवाग्राही भूपेन्द्र सिंहले आफूले पालेको भैँसीलाई घुस माग्ने कर्मचारीको कारमा बाँधेका हुन् । अहिले यो तस्बिर साजिक सञ्जालमा छाएको छ ।