निषेधाज्ञामा काठमाडौं : बिहान भीडभाड, दिउँसो सुनसान

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाको तीन साता पुगिसकेको छ ।

यतिखेर अत्यावश्यकीय बाहेकका सबै सेवा बन्द छन् । जोखिम कम गर्न नागरिकलाई घरभित्रै रहन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा कडाइ गर्न स्थानीय प्रशासनले एकपछि अर्को निर्णय गरिरहेको छ ।

तर, पनि भीडभाड भने उत्तिकै देखिन्छ । बिहान-बेलुकाको तुलनामा दिउँसो भने सडक सुनसान देखिन्छ ।

A traffic policeman walks in a road on the deserted Durbar Marga in Kathmandu as a lockdown is imposed to contain the coronavirus disease (COVID-19) in Nepal, on March 24, 2020. Photo: Suresh Chaudhary/THT

तरकारी, खाद्यान्नलगायतका पसलहरूमा सर्वसाधारणले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कायम गर्न नसक्दा संक्रमण दर झन बढेको विज्ञहरूले बताउँदै आएका छन् ।