पानीपुरीवालाको मैलो धोती कुर्ताले मेरो टाई सुटलाई झा’पट हाने झैं भयो…

उदयपुर गाइघाट सब्जी लाइन भित्री गल्लीमा श्रीमतीसँग सानोतिनो किनमेल चल्दै थियो ! नजिकै एकजना अधबैशे मधेसीमुलको “भारतीय पनि हुन सक्छ” एक व्यक्ति पानीपुरी बेचीरहेको थियो ! श्रीमतीले पानीपुरी खाने मन गरिन् ! केही पानीपुरी प्रेमीहरू पानीपुरीवालाको वरिपरि झुम्मिएका थिए ! १५ मिनेट कुरे पछिमात्र हाम्रो पालो आयो !

लाइनमा बस्दा जब मैले पानीपुरीवालालाई हेरे मलाई उ बिचारा लाग्यो ! सोचे बिचाराले दिनको कति कमाउँदो हो र? परिवार कसरी पाल्दो हो? घर पनि उदयपुर बाहिर जस्तो छ उसको कमाई त उसलाई गाइघाटमा खान र बस्नको लागि पनि नपुग्दो हो ! घरमा के पैसा पठाउँदो हो बिचराले?

जब हाम्रो पालो आयो मैले पानीपुरीवालालाई त्यत्तिकै सोधे – भैया, पानीपुरी बेचेर कति कमाइन्छ? मलाई यस गरिबले दैनिक तीन चार सय कमाउला जस्तो लागेको थियो तैपनि के सोधौ के सोधौ भएर सोधि हाले !

पानीपुरीवालाले भन्यो – भगवानको कृपाले दैनिक मेरो सबै माल खपत हुन्छ !
मैले प्रष्ट बुझिन र बिस्तार राम्रोसँग बताउन भने !

उनले भने – सर (सायद घाँटीको टाई देखेर होला) बिहान ७ बजे १००० पानीपुरी लिएर घरबाट निस्कन्छु र राती ६ बजेसम्म सबै खपत हुन्छ !

मैले खल्तीबाट मेरो पुरानो मोडेलको नोकिया मोबाइल झिकेर यसो हिसाब गरे यदि रु. २५ मा ७ वटा पानीपुरीको दरमा १००० पानीपुरी बेच्दा उसको बिक्री दैनिक ३५०० रुपैयाँ हुँदो रहेछ ! यदि ५० प्रतिशत लगानी कट्टा गरे पनि उसको खुद नाफा दैनिक १७५० रुपैयाँ हुँदो रहेछ ! उसको कमाई ५० हजारभन्दा बढी हुँदो रहेछ !

यो सोच्दैमा मेरो दिमाग चकराउन थाल्यो ! पानीपुरी मुखमा हाली सकेको थिए तर निल्नै सकिन ! घाँटी मै अड्कियो ! मेरो घाँटीको टाई कसिए झै लाग्यो ! उसको मैलो धोतीकुर्ताले मेरो सुटलाई झापट हाने झै भयो ! उसको घाँटीको गम्साले मेरो सिनित्त परेको टाईलाई सिटी बजाए झै लाग्यो ! श्रीमती मुख बिगारी-बिगारी अमिलो पिरो पानीपुरी खाँदै थिइन ! श्रीमतीको अनुहार हेर्दा मलाई नै गिज्याए झै लाग्यो ! कतै उनले मेरो र पानीपुरीवालाको कुराकानी त सुनिनन् भन्ने डर पनि लाग्यो !

अघिसम्म पानीपुरीवालालाई बिचरा देख्ने मैले अहिले आफैलाई बिचारा देख्न थाले ! उसको अगाडी आफूलाई नै बामफुड्के देख्न थाले ! एक दुई – चार कक्षा पढेको ब्यक्तिले इज्जतका साथ कसैको चाकडी चाप्लुसी बिना महिनाको ५० हजार भन्दा बढी कमाइ गरिराखेको थियो ! उसले गाउँमा ५०सौं लाखको घर बनाइसकेको छ ! घरको तीनवटा सटरको भाडै महिनाको ३० हजारभन्दा बढी बुझ्छ ! तर हामी २५औं बर्ष पढाईमा खर्चेर १८– २० हजारको जागिर गरिराखेको छु ! भाडाको घरमा बस्छौ ! सरकारी जागिर भनेर सबैलाई धक्कु दिन्छौ ! समाजले सबै कर्मचारीहरूलाई भ्र’ष्ट्रा’चारी, चो’र र फ’टाहा नै ठानेपनि आफूलाई इमान्दार सम्झि छाती फुलाएर हिड्छौ !

पानीपुरीवालाले पानीपुरीमा झोल हाल्दै थियो मलाई भने आफ्नो अबस्था सम्झेर त्यही पानीपुरीको झोलमा डुबेर मरू मरू झै लाग्यो !

बास्तबमै जिबनलाई खुसी तुल्याउने सत्य त धेरै साधारण हुँदो रहेछ, साधारण सत्य नबुझी महत्वकांक्षा पाल्दा ठूला भ्रमहरुको चुंगुल फसिदो रहेछ !!

(सामाजिक संजालमा भेटिएको)