रियालिटी शोमा कुखुराले पियानो बजाएपछि उपस्थित सबै चकित (भिडियो सहित)

काठमाडौ । हामिले कुखुराले दौडने उफ्रने काम गरेको मात्र देखेका छौं । तर तपाईलाई थाहा छ, एउटा यस्तो कुखुरा छ जसले मानिसले जस्तै गरि पियानो बजाउँछ ।

सुन्दा अचम्म लाग्ला, तर एक रियालिटी शोमा कुखुराले सजिलै पियानो बजाएपछि उपस्थित सबै चकित परे । उक्त कुखुरालाई रियालिटी शो गट ट्यालेन्टमा उपस्थित गराइएको  थियो ।

भिडियोमा देखिए अनुसार २ जना महिला आफ्नो घरपालुवा कुखुरा जोकगूसँगै शो मा आए र आफ्नो कुखुराले पियानो बजाउने दाबी गरे । जव कुखुराले बजाउँन शुरु गर्यो सबै चकित परे । भिडियोमा हेर्नुहोस् कुखुराले यसरी बजायो पियानो