देउवालाई ओलीको जवाफ : कोभिड हटाउन रातभर बसेर काम गरिरहेको छु

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि रातभर बसेर काम गरिरहेको बताएका छन् ।

कोभिड नियन्त्रणका लागि ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको टोलीलाई ओलीले आफूले रातदिन काम गरिरहेको बताए ।

ज्ञापनपत्र बुझाउने टोलीमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीले काम गरिरहेको बताएका जानकारी दिए । रातदिन काम गरिरहेका छौं, कोभिड हटाउन रातभर बसेर काम गरिरहेको छु भन्नुभयो, डा. महतले भने, म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्नुभयो ।’