राजीवले पाए १ करोड

काठमाडौ। क्विज रियालिटी शो ‘को बन्छ करोडपति’को पहिलो संस्करणमा एक करोड रुपैयाँ जितेका विराटनगरका राजीव जैनले बिहीबार पुरस्कार रकम पाएका छन् ।

उनलाई कार्यक्रम प्रस्तोता तथा अभिनेता राजेश हमाल, कार्यक्रम उत्पादक संस्था एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य र सिभिल बैंकका सिइओ गोविन्द गुरुङले चेक हस्तान्तरण गरेका थिए ।

पुस्कार हस्तान्तरण कार्यक्रममा जैनले यस पैसाले नेपाल घुम्ने योजना रहेको बताए । उनले देशमा पर्यटन प्रवर्द्धन गर्ने गरी आयोजना भएका कार्यक्रमहरुमा सहभागिता जनाउने आफ्नो इच्छा रहेको बताए । ‘पहिला देश घुम्ने हो, त्यसपछि बल्ल विदेश घुम्ने योजना छ,’ उनले भने ।

यसअघि कार्यक्रमका दौरान जैनले रकम जितेमा ‘वल्र्ड टुर’ गर्ने इच्छा रहेको बताएका थिए । जैनले समाज सेवाका लागि पनि आफूले केही रकम छुट्टयाउने बताए ।