अफगानिस्तानमा रहेका नेपालीबाट ११ लाख सहयोग संकलन

नेपालमा द्रुत गतिमा फैलिरहेको कोभिड-१९ बाट संक्रमित व्यक्तिहरू तथा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि अक्सिजन कन्सन्ट्रेटर तथा पीपीई लगायतका स्वास्थ्य उपकरणहरू उपलब्ध गराउन अफगानिस्तान तथा इराकमा कार्यरत नेपालीहरूले करीब ११ लाख ५५ हजार रुपैयाँ सहयोग रासी संकलन गरी राष्ट्रिय आविस्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्।

अफगानिस्तान तथा इराकका लागि संयुक्त राष्ट्र संघीय सहायता मिसन, अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसंघ अन्र्तरगतका विभिन्न स्थाइ निकायहरू, एसियालि विकास बैंकको लगानिमा संचालित परियोजना, अन्तर्राष्ट्रिय रेडक्रस लगायतका बिभिन्न संघ-संस्थाहरू मार्फत त्यहां कार्यरत ३२ जना नेपालीहरूले सो रकम संकलन गरेका हुन् ।

त्यसरी संकलित रकम हाल काठमाण्डौंमा रही संयुक्त राष्ट्र संघको इराक तथा अफगानिस्तानमा कार्यरत धर्मानन्द जोशी, कुलेन्द्र नाथ सुवेदी लगायतले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनलाई आज हस्तान्तरण गरेका छन्।