सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य बढेको छ । सुनको मुल्य तोलामा ४ सयले बढेको हो ।

बुधबार प्रतितोला रु ९३ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहिबार) बढेर प्रतितोला रु ९३ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९३ हजार २ सय कायम भएको छ । यता चाँदी पनि प्रतितोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।