श्रीमतीलाई खाल्डो खनेर पुरेको अभियोगमा श्रीमान प’क्राउ

श्रीमतीलाई खाल्डो खनेर पुरेको अभियोगमा प्रहरीले श्रीमान र ससुरालाई नियन्त्रणमा लिएको छ । जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ गोठपानी कालिमाटी घर भएकी २२ बर्षिया सुमिना गुरुङ्गको शव प्रहरीले गाडिएको स्थानबाट उत्खनन गरेको छ ।

प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार घटनामा संलग्न भएको अभियोगमा महिलाका ससुरा ६६ बर्षिय च्याङ्गवा भनिने चन्द्रबज्र लामा र श्रीमान २८ बर्षिय सोनाम लामालाई नियन्त्रणमा लिईएको छ । मृतकको श’वलाई पोस्टमार्टमका लागि पठाई थप अनुसन्धान शुरु गरिएको डिएस्पी खतिवडाले जानकारी दिए ।

साविक गोठपानी गाविस वडा नम्वर १ हालको चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ स्थित गोठपानी कालिमाटी भन्ने स्थानमा तनहुँ जिल्ला साविक बन्दीपुर गाविस वडा नम्वर ६ घर भई हाल बन्दीपुर नगरपालिका वडा नम्वर ४ लोही माईतीघर भएकी २२ बर्षिया सुमिना गुरुङ्ग लामाको सोनाम लामासँग केहि वर्ष अघि मात्रै प्रेम विवाह भएको थियो ।

अन्र्तजातिय विवाह, पारिवारिक बेमेलका कारण श्रीमान श्रीमती बीच केहि समय देखि झै झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजधानीमा निषेधाज्ञा भएको र परिवार पनि गाउँमै रहेकाले उनिहरु गाउँमै थिए । सुमिना २०७८ जेठ १ गते दिउसै देखि गाउँबाट हराएकाले स्थानीयहरुको समेत सहयोगमा खोजतलास शुरु गरिएको थियो ।