तिब्बतले नेपाललाई ३० हजार लिटर अक्सिजन, सिलिण्डर, भेल्टिलेटर, आइसीयू दिने

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई तीन हजार तरल अक्सिजनसहित अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भेल्टिलेटर, आइसीयू बेड र एन्टिजेन टेस्ट किट सहयोग गर्ने भएको छ । बिहीबार बिहान नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै यसबारे जानकारी दिएकी हुन् ।
यान्छीले ट्वीटमा चीनको स्वशासित क्षेत्र तिब्बतले आकस्मिक प्रयोगका लागि नेपाललाई ३० हजार लिटर तरल अक्सिजन, ८ सय थान भरिएका अक्सिजन सिलिण्डर, १० अक्सिजन कन्सन्ट्रेटर, ५ भेन्टिलेटर, २ सय थान आइसीयू बेड, र १५ सय थान एन्टिजेट टेस्ट किट दिन लागेको बताएकी छिन् ।