महानगरीय प्रहरी परिसरका डिएसपी केसीको कोरोना संक्रमणबाट निधन

कोरोना भाइरसको संक्रमणबाट नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार केसीको निधन भएको छ ।

डिएसपी केसी पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत हुनुहुन्थ्यो । उहाँको कोरोना संक्रमणका कारण उपचारको क्रममा निधन भएको हो ।

कोरोना संक्रमण देखिएपछि केसीलाई महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै उहाँको बुधबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

संगठनभित्र भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको छवि बनाउनुभएका केसीलाई दुई हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।