सत्ता जोगाउन गण्डकीमा अब ७ बाट ११ मन्त्रालय

गण्डकीमा अब ११ वटा मन्त्रालय बन्ने भएको छ । यसअघि ७ मन्त्रालय रहेको गण्डकीमा सत्ता जोगाउनका लागि मुख्यमन्त्रीले बैशाख १६ गते सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको जिम्मा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई दिएका थिए ।

सामाजिक विकास मन्त्रालयबाट अझै स्वास्थ्य मन्त्रालय टुक्र्याउन लागिएको छ ।यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्राललाई दुई–दुई वटा बनाईएको छ ।मन्त्रीपरिषद्को पहिलो बैठकले सरकारको प्रबक्तामा रामशरण बस्नेतलाई तोकेको छ ।

मन्त्रीहरुको कार्य विभाजन पनि केहिबेरमा टुंगिने छ। सांसद दीपक मनाङे फेरि मन्त्री नियुक्त भएका छन् ।यसअघि मन्त्री भएको १० मै पद गुमाएका मनाङे फेरि नियुक्त भएका छन् ।

गण्डकीमा उनिसहित ५ जना मन्त्रीमा नियुक्त गरिएको हो । नियुक्त हुनेमा किरण गुरुङ राजीव गुरुङ (दीपक मनाङे), रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्सालरहेका छन् । विना विभागीय छन्। मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त भए पनि उनी विशेष कामले काठमाडौं गएको हुँदा बुधबार उनको शपथ हुन सकेन।

नवनियुक्त मन्त्रीले आजै प्रदेश प्रमुख सीता कुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गते पुनः ठूलो दलको नेताको हस्यितमा दास्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कोरोना संक्रमणका कारण आइसोलेसनमै रहेकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको हो ।