छोरीको बुवालाई निगुरो खुवाउने रहर सधैँका लागि अधुरो

१३ दिनको कृयाकर्म सुरु गरेपछि अब दह्रो मन बनाएर लैख्दै छु– आदरणीय एमाले नेता एवं साुंसद पशुपति चौलागाई दाइ तपाईँ हामीसँग भौतीक रुपमा हुनुहुन्न । दुई दिन अघि राती अस्पताल बाट तपाईँले फोन गर्दा ‘नानी खै?’ भन्नुभयो ।

नानीले ‘बुवा’ भनी । तपाईँले ‘के खायौ बेटा?’ भन्दा नानीले ‘निँगुरो खाँदैछु’ भनेपछि तपाईँले उसलाई थप जिस्क्याउनु भयो ‘निगुरो पनि थाहा छ है, कहाँ पाउछ?’ नानीले जवाफ दिइ ‘भाटभटेनीमा, हजुरलाई भोली ल्याइ दिने ल ।’भोलीपल्ट हटकेशमा खाना राख्ने बेलामा छोरीको अनलाईन कक्षा हुँदै थियो ।

क्लासबाट उठेर आएर छोरीले सोधी ‘बाबा बुवालाई खाना हो? निँगुरो नबिर्सिनिु है।’ हजुरलाई फोन गरेर भनेँ ‘दाई निगुरो पनि छ है आज, छोरीको बिशेष हो।’ तर, त्यही दिन देखि दाईलाई अलि गाह्रो बढेर खानसक्नु भएन । छोरीको बुवालाई निगुरो खुवाउने रहर सधैँका लागि अधुरो रहन गयो ।

हँसिलो मुखबाट निस्कने मिठास शब्दले जसरी म र मेरो परिवारलाई छहारी दिनु भयो त्यसैले होला सात बर्षकी छोरीले ‘बाबा अब हाम्रो बुवा हुनु हुन्न कस्ले मेरो गालामा माया गर्छ ?’ भन्दा मन भ’क्कानिएर आयो । छोरीलाई जवाफ मैले दिन सक्दिन ।चिनजान लामै भए पनि तपाईसँगको एक दशक यताको सम्बन्धका हरक्षण अहिले मानसपटलमा नबिराइ घुमि रहेका छन् ।

हिमाल खवर पत्रिकाको रिपोर्टिङको लागि भाइ Prabhat Bhattarai दोलखा पुग्दा त्यहाँका हरेक गाउँ तपाईँ प्रतिको आस्था र भरोसा बाटै सुनौलो भविश्यको आशामा ढुक्कसाथ पर्खिरहेको भेटियो । अन्य जिल्लामा भन्दा हरेक कुरा त्यो जिल्लामा फरक पायौँ र सोध्यौँ यहाँ किन यस्तो ? धेरैले एउटै कुरा भन्थे यो भिमबहादुर र पशुपतीको जिल्ला हो त्यसैले यहाँ फरक संसार छ ।

सरकारी कार्यालय देखि राजनीतिक कार्यकर्ता सबैले एउटा आचारण कायम गरेको देखियो त्यहि भएर हिमालमा ‘सम्बृद्ध बन्दैछ सिंगो जिल्ला’, ‘इमानको कमाइ’ शिर्षकका रिपोर्टिङ पनि गरियो। यो नै तपाईँसँको औपचारिक चिनजानले व्यवहारिक सम्बन्धको बाटो पनि खोल्यो ।

राजनीतिलाई पेशा होइन सेवा मान्ने एवं निर्वाहमा सिमित रहेको कृषिलाई उत्पादनसँग जोडेर पेशा बनाउनु पर्छ भन्ने मान्यतालाई तपाईँले दोलखामा स्थापित गराउनु भएको थियो ।त्यही कुरालाई हामीले हिमाल खवर पत्रिकामा रिपोर्ट तयार गरेका थियौँ । एउटा बाटोमा हिँडिरहेको मलाई तपाईँले हात समाएर नयाँ मार्ग देखाउनु भयो ।

आफ्नो रुचीको कामलाई पेशा बनाउनु तर सँगसँगै व्यवसायलाई पनि ध्यान दिइएन भने जीवनमा नयाँ केही गर्न सकिँदैन भनेर कृषि उन्नतीको अभियान देखाउन मलाई देशका बिभिन्न डाँडाकाँडाहरु घुमाउनु भयो । कृषिलाई व्यवसायमा बदल्न चाहनेहरु समेट्दै जानु भयो ।

जसको परिणाम स्वरुपम आधादर्जन बढी समुह बनाएर हामीले बिभिन्न क्षेत्रमा काम सुरु गर्न पायौँ । हरेक समुहमा उमेरको कारणले सबै भन्दा सानो म थिएँ। त्यसैले मलाई उत्साह थप्न पनि तपाईँ सबैका उमेर हिसाव गर्दै लामो समयसम्म उत्पादन खाने त सरोज नै हो भन्नु हुथ्यो ।

जसले ममा सफलताको थप भोक जगाउथ्यो । तर, तपाईँले ठट्यौलीमै कोरेकै समय रेखा अनुसार पनि अब २०–२५ बर्ष तपाईँले हाम्रो कृषि उत्पादनको प्रतिफल खान पाउनु पथ्र्यो ।यो भनेको २५ बर्ष हामीले तपाईँबाट सिक्ने पाउने, सुन्न पाउने र मार्गदर्शन पाउने अवसर थियो ।

तर, त्यो हाम्रो भाग्यमा रहेनछ दाइ । दाई, हिम्मत साहस मात्र दिनु भएन कामलाई फत्ते गर्ने आदतको विकास पनि थपिदिनु भएको छ । आफैँलाई चिन्न सिकाउनु भएको छ । आफ्नै खुबीको विकास गर्यो भने मात्रै त्यो खुवी पेशा हुन्छ, पैसा हुन्छ, नाम हुन्छ, सेवा हुन्छ र त्यो धर्म पनि हुन्छ भनेर मनमा हालिदिनु भएको छ ।

इमान्दारिता, सकिृयता, निरन्तरता मन्त्र बनाएर हिँड्दा जीवनमा अरु धेरै नयाँ ताल्चा खोल्न सकिन्छ भनेर गुरुमन्त्र दिनु भएको छ। सुरु नै नगर्ने, सुरु त गर्ने तर निरन्तरता नदिने हाम्रो अल्छिपनालाई बदल्न दाइले त्यसरी उत्प्रेरणा दिनु भएको हो भनेर म जान्दथेँ ।

राजनीतिक नेता र राजनीतिका बारेमा धेरै नकारात्मक कुरा छन् । तर, राज्यको कोटामा अलिकति पनि सुविधा लिनुहुँदैन, हामी आम नागरिक जस्तै हौँ भन्ने दर्शन तपाईँले अ’न्तिम सा’ससम्म पनि आफ्नो व्यवहारमा कायम राख्नु भयो ।मैले तपाईँको लागि खाना तयार गरेर गाडीमा राख्दै थिएँ, हजुरकै फोन आयो ।

बोलीमा कमजोरी प्रष्ट थियो । मैले भने “दाई अन्य अस्पताल जाने सरकारी अधिकारीसँग कुरा गरौँ ? औ’षधी पनि पाउन सजिलो होला । ” तर तपाईले ‘त्यो छोडौँ, सरकारी राहत र सुविधा त जनतालाई दिने हो तपाई हामीले त आफै पनि औ’षधी खोज्न सकिहाल्छौँ नी बरु छिटो खोज्नुस् औ’षधी ” भन्नु भयो ।मैले “दुई डोज डोज औषधी लिएर सुमन अस्पताल आइपुग्दैछ” भने ।

तपाईँले ‘त्यो कोरोनाको औ’षधी चलाए पछि कम होला नी भन्नु भयो ।’ दाइसँधै भन्नु हुन्थ्यो ‘म आफूलाई कहिल्यै ढाँट्दिन त्यसैले मेरो निराशा र चिvन्तासँग कहिल्यै भेट हुँदैन।’ तर दाई, म भन्छु तपाईले हैन मृत्युले ढाँट्यो र हामीलाई नि’राशा र चि’न्ता दिएर तपाईलाई लग्यो ।यस्ता धेरै क्षण छन् जहाँ तपाईँले मलाई जीवन केहो, किन बाँच्ने, बाँ’च्नुको अर्थ के हो सबै सिकाउनु भएको छ ।

तपाईले भन्नु भएका धेरै कुरा मनमा छन् । कोरोना भाइरसले देखिनु अघिको अन्तिम दिन हाम्रै घरको बसाइमा घर व्य’वहारका बारेमा धेरै कुराकानी भए । यीनै क्रममा सुम्पनु भएका जिम्मेवारीहरुलाई पुरा गर्न सर्वदा इ’मान्दारिताका साथ सकृय रुपमा ला’ग्नेछु र हर स’त्कर्मको साक्षी हृ’दयमा हजुरनै हुनु हुनेछ । हा’र्दिक श्र’द्धासु’मन दाइ ।