दसैंको लागि अग्रिम बस टिकट बुकिङ खुल्ने भयो

काठमाडौं। हिन्दुहरुको महान चाड बडा दसैं आउन एक महिना भन्दा कम मात्रै समय बाँकी रहेको बेला बल्ल अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ ।

समाचार अनुसार यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन । दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ ।