सुर्खेतको जंगलमा म’रेका गाई नेपालका होइनन् भारतका हुन् – उपमेयर उमा थापा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कान्जीहाउसवाट दैलेखका लागि भन्दै लगिएका गाई भिरवाट खसालेर ह त्या गरेको भन्दै समाचार आएपछि उपमहानगरपालिकाले त्यसको खण्डन गरेको छ । नेपालगन्जको कान्जहाउसमा रहेका दुईसय भन्दा बढी गाई गोरु दैलेख जाने बाटोको सुर्खेत स्थित जंगलको भिरमा फा लिएको अवस्थामा फेला परेपछि यस्तो समाचार आएको थियो । ति मध्ये भिरमा लडेर धेरै गाई गोरु म रेका थिए । त्यस्तो समाचार बाहिरीएपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर, उपमेयर लगायत जनप्रतिनिधिहरुको चर्को आलोचना भएको थियो ।

नेपालभरमै नेपालगन्ज यस्तो उपमहानगरपालिका हो जहाँ चुनाव चिन्ह गाई लिएर निर्वाचनमा लडेका उम्मेदवार धवलसमशेर राँणाले चुनाव जितेका थिए । आफुले गाईको चुनाव चिन्ह लिएर मेयर बन्ने अनि त्यही गाईको ह त्या गर्ने भन्दै नेता डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा चर्को विरोध गरेका थिए । उमहानगरपालिकाका उपमेयर उमा थापाले डा भट्टराईको त्यस्तो टिप्पणीको कडा प्रतिवाद गरेकी छन् । उनी नेपाली काँग्रेसवाट चुनाव जितेर उपमेयर भएकी हुन् । मेयर डा धवलको बचाउ गर्दै उपमेयर थापाले त्यस्तो टिप्पणीलाई तुच्छ भनेकी छन् ।

गाई चुनाव चिन्ह लिएको भन्दैमा गाईको संरक्षण गर्ने जिम्मा धवलको मात्र नभएको उनको भनाई छ । उनले आफुहरुले राम्रो उद्देश्य राखेर छाडा गाईगोरुको ब्यवस्थापन गर्न खोज्दा कमजोरी पनि भएको स्वीकार गरेकी छन् । तर भिरवाट खसालिएको भन्ने कुरा भने उनले अस्वीकार गरेकी छन् । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी नरहरी नाथ आएपछि गाईका विषयमा कडा नियम बनाइयो । भारतमा गाईको ह त्या गर्नेलाई कडा नियम बनाईए पछि भारतवाट ठूलो संख्यामा नेपालगन्जमा छाडा गाईगोरु आएको उनको भनाई छ । सुर्खेतको जंगलमा परेका गाई पनि नेपालको नभएको उनको भनाई छ ।

भिडियो हेर्नुहोस: