राष्ट्रियसभा उपनिर्वाचनबारे गोकुल बाँस्कोटाको यस्तो ट्वीट

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले बिहीवार हुने बागमती प्रदेश तर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनबारे ट्वीट गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले मानिसहरूलाई चुनावभन्दा पनि देशको सबभन्दा ठूलो पार्टी एमालेको सुरक्षित जीवनबारे चासो रहेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिने चुनावको मानिसहरू काउन्ट–डाउन गर्न थालेका छन् ।तर त्योभन्दा बढी देशको सबभन्दा ठूलो पार्टी एमालेको सुरक्षित जीवनको चासो चाहिँ सरोकारवालाले राखेको सत्यको कसीमा विश्लेषण गर्नु वस्तुनिष्ठ हुने पक्का हुन्छ है !’