साथमा जन्मिए, साथमा बाँचे र साथमै अस्ताए…

कोरोनाभाइरस महामारीले कैयौं परिवारलाई निकै गहिरो घाउ दिएर गएको छ । ती घाउहरुमध्ये कतिपय यस्ता छन् जुन घाउ परिवारले कैयौं वर्षसम्म बिर्सन सक्ने छैनन् ।

एकैपटक जन्मिएर २४ वर्षसम्म सँगसँगै बाँचेका दुई दाजुभाइको कोरोनाभाइरसका कारण एकसाथ मृ’त्यु भएको दर्दनाक घटना सार्वजनिक भएको छ। भारतीय दैनिक अखबार अमर उजालाका अनुसार घटना उत्तर प्रदेशको मेरठको हो।

यी दाजुभाइ दुवै इन्जिनियर थिए । उनीहरु दुवै कोरोनाभाइरसबाट संक्रमित भए र उनीहरुको उपचारको क्रममा एकसाथ मृ’त्यु भयो । उनहिरुका आफन्त र परिचितहरुका अनुसार यी दाजुभाइ धेरैजसो समय साथमै रहन्थे ।

यी जुम्ल्याहा दाजुभाइका पिता मेरठको थोमस स्कुलमा शिक्षक छन् । यी दाजुभाइ संक्रमित भएपछि करिब २० घण्टा जीवनको लागि संघर्ष गरेका बताइएको छ । जानकारी अनुसार यी दाजुभाइ साथमै इन्जिनियर बनेका थिए।

गएको २३ अप्रिलमा मात्र यी दाजुभाइले २४ औं जन्मदिन मनाएका थिए । मेरठको छाउनीका ग्रेगरी रेमन्ड राफेलका दुई छोराहरुको नाम जोफ्रेड र राल्फ्रेड थियो । जन्मदिनको ठिक १ दिन पहिले उनीहरु कोरोना संक्रमित भएका थिए ।

उनका पिता ग्रेगरीका अनुसार दुई छोराहरुको मृ’त्युपछि अब परिवारमा ३ जना मात्रै बाँकी छन् र परिवार क्षत विक्षत भएको छ । पिताका अनुसार दुई छोराको जन्ममा केवल ३ मिनेट फरक थियो।