कैलालीमा संक्रमितको शव व्यवस्थापनमा खटिए महिला सैनिक

कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिदै आएकोमा अब महिला सैनिक पनि खटिन थालेका छन् ।

कैलालीको अत्तरियास्थित भवानी दल गणले बुधबार पहिलो पटक उपसेनानी शशी केसीको नेतृत्वमा ६ जना महिला सैनिकहरुलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो ।

उपसेनानी केसीको नेतृत्वमा खटिएका महिला सैनिकले सेती प्रादेशिक अस्पतालमा मृ’त्यु भएकी एक महिलाको शव गोदावरी आर्यघाटमा हिन्दु परम्पराअनुसार व्यवस्थापन गरेका हुन् ।

गणका गणपति प्रमुख सेनानी विकास केसीले महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिमप्राप्त महिला सैनिक खटाइएको बताए । गणले शव व्यवस्थापन कार्यविधि ०७७ अनुसार बुधबारसम्म कैलालीमा मृ’त्यु भएका १ सय ६६ जनाको शव व्यवस्थापन गरेको जनाएको छ ।