चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिमा दीपाश्री निरौला नियुक्त

चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिमा निर्देशक तथा कलाकार दीपाश्री निरौला मनोनीत भएकी छिन् । सञ्चालक समिति सदस्यमा निरौला मनोनीत भएकी हुन् ।

चलचित्र विकास बोर्डले चलचित्रकर्मी कल्याणकोष (स्थापना तथा सन्चालन कार्यविधि,२०७५ को दफा (५) बमोजिम चलचित्रकर्मी कल्याणकोष सञ्चालक समितिको सदस्य पदमा मिति २०७८ ०१/०१ देखि २०७९ चैत्र मसान्तसम्मका लागि निरौलालाई मनोनयन गरेको हो ।

“चलचित्रकर्मी कल्याण कोषको सञ्चालक समितिमा मलाई सदस्य नियुक्त गर्नु भएकोमा धेरै खुसी लाग्यो । मैले सकेको देखेको सबै सेवा मनदेखी गर्नेछु,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।