संसारमा ५० अर्ब चराचुरुङ्गी, सबैभन्दा धेरै भँगेरा !

संसारमा ५० अर्ब चराचुरुङ्गी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्वमा कम्तीमा ५० अर्ब चराचुरुङ्गी रहेको र तिनको सङ्ख्या ४३० अर्बसम्म रहेको हुनसक्ने एउटा नयाँ अनुसन्धानले देखाएको हो।

विश्वभरको चराचुरुङ्गीको संख्या मध्येमा सबैभन्दा धेरै सङ्ख्यामा भँगेरा रहेको र तिनको सङ्ख्या एक अर्ब ६० करोड रहेको पाइएको छ । प्रोसिडिङ्ग्स अफ न्याश्नल एकेडेमी अफ साइन्सेसमा प्रकाशित शोधले पहिलो पटक त्यसरी चराको गणना गर्न खोजेको थियो।

विश्वमा सबैभन्दा धेरै सङ्ख्यामा भँगेरा रहेको र तिनको सङ्ख्या एक अर्ब ६० करोड रहेको बिबिसीले जनाएको छ। तीन वटा अन्य प्रजातिका चराहरू (युरोपियन स्टारलिङ्स, बार्न स्वालोज र रिङ्बिल्ड गल्स) पनि प्रत्येकको कूल सङ्ख्या एक अर्बभन्दा धेरै रहेको पाइएको छ।

प्रत्येक दशमध्ये एक प्रजातिका चराको सङ्ख्या भने पाँच हजारभन्दा कम रहेको जनाइएको छ।