अस्ट्रेलियामा भिरिंगी यौ’नरोगको महामारी तीब्र रुपमा फैलियो !

अस्ट्रेलियामा कोरोनाभाइरस महामारी रोक्नको लागि लगाइएको लकडाउन खुकुलो पारिएसँगै यहाँ भिरिंगी यौनरोगको महामारी तीब्र रुपमा फैलिएको छ । विशेषगरी अस्ट्रेलियाको मेलबर्न क्षेत्रमा यो संक्रमण महामारीकै रुपमा फैलिएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यो म’हामारी त्यहाँ विष्फोट भएझैं फैलिएको छ र नयाँ संक्रमण दर २२० प्रतिशतले वृद्धि भएको हुनसक्ने त्रास बढेको छ ।यौनजन्य रुपमा सर्ने सो संक्रामक रोग परीक्षण गरेर रेकर्डमै दर्ता भएका केसमा पनि ४५ प्रतिशतले वृद्धि भएको पाइएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

रेकर्डमा नभएमा संक्रमणका केसहरु धेरै हुन सक्ने र संक्रमण भएर लुकेका मानिसहरुको समेत तथ्यांक हेर्दा यो संख्या ठूलो हुनसक्ने आशंका गरिएको छ । यो महामारी रोक्नको लागि डाक्टरहरु संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका छन् । यसरी संक्रमण फैलिनुको मुख्य कारण लकडाउन खुकुलो पारिनु भएको आरोप लगाइएको छ ।

भिरिंगीले गर्भावस्थामा गम्भीर जटिलताहरु निम्त्याउन सक्छ र यसले बच्चाको मृ’त्युसमेत हुन सक्छ । त्यसैले हामीले गर्भावस्थाको तेस्रो त्रैमासिकमा रहेमा महिलाहरुलाई स्क्रिनिङ गर्न आग्रह गरेका छौं र उनीहरुको पहिलो त्रैमासिकमा यसै पनि स्क्रिनिङ गरिन्छ ।