गायक हेमन्त रानाले कसे प्रेमिकासँग लगनगाँठो !

गायक हेमन्त राना मंगलबार प्रेमिकासँग बिहे बन्धनमा बाँधिएका छन् ।

अमेरिकाको पेन्सिलभेनियामा रहेकी प्रेमिका माया अधिकारीसँग उनले लगनगाँठो कसेका हुन् ।

नेपाली फिल्म निर्माता एवं संगीतकार समेत रहेका राना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

उनले पछिल्लो समय ‘साइँली’ फिल्म निर्माण पनि गरेका थिए ।