बादललाई जिताउन एमाले अध्यक्ष ओलीको अपील

कपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि हुने राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।

अध्यक्ष ओलीले बुधवार एक अपिल प्रकाशित गरी थापालाई मतदान गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।

बाग्मती प्रदेशमा भोलि हुने राष्ट्रिय सभा उपनिर्वाचनमा थापा एमालेका उम्मेदवार हुन् ।

एमालेको माधव नेपाल पक्षले कांग्रेस र माओवादीको समर्थनमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।