भारतमा अहिलेसम्मकै सर्वाधिक मृ’त्यु, एकैदिनमा ४,५०० ले गुमाए ज्यान

कोरोनाभाइरस संक्रमणको कारण भारतमा अहिलेसम्मकै धेरैजनाको मृ’त्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २९ जनाको मृ’त्यु भएको छ ।

दैनिक मृत्यु हुनेको संख्यामा भारतले अमेरिकालाई समेत उछिनेको छ । संक्रमण दर घटेपनि भारतमा मृ’त्यु हुनेको संख्यामा कमी आएको छैन ।

थप २ लाख ६७ हजार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ लाख ८९ हजार ८ सय ५१ जना डिस्चार्ज भएका छन् ।

भारतमा अहिलेसम्म २ करोड ५४ लाख जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड १९ लाख जना संक्रमण मुक्त भएका छन् ।

मुत्यु हुनेको कूल संख्या २ लाख ८३ हजार २ सय ४८ रहेको छ भने संक्रिय संक्रमित संख्या ३२ लाख २६ हजार ७ सय १९ छ ।