बादललाई जिताउन माधव नेपाल फकाउँदै प्रधानमत्री ओली, आज भेटवार्ताको तयारी

राष्ट्रिय सभाको बाग्मती प्रदेशको लागि भोलि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादल र खिमलाल देवकोटाबीच कडा प्रतिष्पर्धा हुने भएको छ ।

यो चुनावी प्रतिष्पर्धालाई एमाले भर्सेस एमालेको संज्ञा दिईएको छ । बादल अध्यक्ष केपी शर्मा ओलीका उम्मेद्धवार हुन भने देवकोटा वरिष्ठ नेता माधव कुमार नेपालको ।

बादल एमालेबाट उठेका हुन भने देवकोटा भने स्वतन्त्र उम्मेद्धवार बनेका छन् । पार्टीभित्रको विवादका कारण बादल र देवकोटाको उम्मेद्धवारीले राष्ट्रिय राजनीतिमा समेत चर्चा बटुलेको छ ।

बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ । एमालेले एक भएर मत हाले बादलको जित सुनिश्चित् छ । तर, एमाले विभाजित भएको अवस्थामा भने देवकोटाले बाजी मार्ने पक्का छ ।

देवकोटा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा उम्मेद्धवार बनेका हुन् । हिजोमात्रै बादलले नेता नेपाललाई भेटेर चुनावमा आफूलाई सघाउन भनेका थिए । तर, नेता नेपालले परिस्थिति धेरै टाढा पुगिसकेकोले अब आफू त्यसबाट ब्याक हुन नसक्ने जवाफ दिएका थिए ।

उनले देवकोटालाई आफ्नै पहलमा उम्मेद्धवार बनाईएकोले अब पछि हट्ने कुरा नभएको भन्दै आफू पक्षधर जनप्रतिनिधिहरुले देवकोटालाई नै मत हाल्ने नेपालको स्पष्ट सन्देश थियो ।