नेपाली कांग्रेसले शुरु गर्‍यो संक्रमितलाई निःशुल्क यातायात सेवा

काठमाडौं– नेपाली कांग्रेस काठमाडौं क्षेत्र ४ ले कोरोना संक्रमितको सहजताका लागि निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ।

यो सेवाबाट घरमै आइसोलेसनमा रहेका संक्रमितलाई अस्पताल जानआउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जान सहज हुने विश्वास छ।

निषेधाज्ञाको समयमा शुरु भएको सेवाले संक्रमितलाई सहज हुने नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र ४ का सांसद गगन थापाले बताए।

सहज रुपमा यातायात सेवा उपयोगका लागि विभिन्न सम्पर्क नम्बरको समेत व्यवस्था गरिएको छ।