काठमाडौंबाट रुकुम जादै गरेको बस दु’र्घटना : चार जनाको मृ’त्यु, ४९ घाइते

नवलपरासी : पूर्व पश्चिम राजमार्गको बर्दघाटको खुसार्नी खोला नजिकै भएको बस दु’र्घटनामा चारजनाको मृ’त्यु र ४९ जना घाइते भएका छन्।

घाइते ४२ जनाको चिसापानी अस्पताल र पाँचजनाको संजीवनी हेल्थ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

काठमाडौंबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बुधबार बिहान करिब ६ बजे दु’र्घटना भएको हो। बस चालकले ब्रेक फेल भई दुर्घटना भएको प्रहरीलाई जानकारी गराएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले बताएका छन्।

मृतकको पहिचान भएको छैन।