लमजुङ नै केन्द्रबिन्दू भएर भूकम्पको दोस्रो धक्का

काठमाडौं : काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ।

विहान ८ बजेर २६ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दू भएर ५ दशमल ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

आज विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ नै केन्द्र भएर भूकम्प गएको थियो। यी दुवै गोरखा भूकम्पको पराकम्प भएको बताइएको छ।