ऋषि धमलाका आफ्नै काका आर्यघाटमा मान्छे जलाउने काम गर्दै,अन्तर्वार्ता नदिनु भन्छन् (भिडियो)

पत्रकार ऋषि धमलाका कान्छा काका योगराज धमला यतिबेला झापा स्थित कन्काइ आर्यघाटमा मान्छे जलाउने काम गर्छन्। उनले लास जलाउने काम ५४ वर्षदेखि गर्दै आइरहेका छन्।

हालसम्म उनले ९० लाख जति ला’स ज’ला’इसके। त्यी मध्ये धेरै चाहिँ उनले भारतमा रहँदा ज’लाए। उनी भन्छन्,”दिनमा ३५ ओटा सम्म ज’लाएको छु।थोरै पनि दिनमा औसतमा आठ दश ओटा जति ला’स ज’ला’एको छु।”

वेद पढ्न भनेर १५ करिब १५ वर्षको उमेरमा उनी भारत तिर लागे। बेद पढ्ने क्रममा त्यहीँ एकजना मित्रले उहाँलाई बेलुकाबेलुका घाटमा जाउँ त्यहाँ मान्छे पोल्ने काम पाइन्छ भनेपछि उनी पनि गएका थिए। उनलाई त्यहाँ लास पोल्ने क्रममा कतिपयले दयामाया गरेर सानो केटो लास जलाउने काम गर्दो रहेछ भन्दै चार आना,आठ आना सकेको दिने गर्थे।

कसैले त्यो भन्दा अलिक बढी पनि दिन्थेँ। कहिलेकाही उनले दिनकै दुई तीन सय पनि जम्मा गर्न सक्थे। त्यसैले उनलाई लाग्यो बेद पढ्नुभन्दा त असली बेद त यहाँ पो रहेछ भन्दै बेद पढ्न छोडिदिए।

त्यतिबेला गाउँमा फर्केर जाँ’दा सबैले लाहुरे आयो भन्ने गर्दथे। अलिअली पैसा कमाएर जानेको झन् बेग्लै सान हुने गर्दथ्यो। यसरी उनले निकै लामो समयसम्म ई’न्डियामा यहि काम गरेर बसे। सुरुमा उनले गवामा काम गरे भने पछि ग्वाटीमा आए। ठूलो ठाउँ मान्छे मरिरहने त्यसमा लास जति आउँछन् त्यति पैसा कमाइन्छ भनेर खुसी हुनुपर्ने स्थिति थियो।

लास पोल्नलाई डर लाग्दैन थियो भन्ने प्रश्नमा उनी भन्छन्,”काल गतिले मरिसकेको मान्छे जलाउन के को डर? त्यो त एउटा चिलाउनेको ठुटो जस्तो त हो नि। आफ्नो कर्ममा यस्तै छ किन डराउनु पर्‍यो नि।” उनले आफ्नै आफन्तका ला’सहरू पनि जलाएका छन्। आफन्तका लास जलाउनु पर्दा चाहिँ केही नराम्रो लाग्ने गरेको उनी बताउँछन्।

उनी भारतबाट केही समय अघि नेपाल आएर काम गर्न थाले। उनले नगर्ने कामहरू सायदै होलान्। विशेषगरी उनले फर्निचर,घर बनाउने ल’गायत अन्य विभिन्न मजदुरी काम समेत गर्दै आएका छन्। उनी त्यहीँ नजिकै फ’र्निचरमा काम गर्दै गर्दा त्यहीँको समितिले उहाँलाई इ’ण्डियाबाट ला’स ज’ला’उने काम गरेर आएको थाहा पाएपछि उनलाई नै बोलाएर कन्काइ आ’र्यघाटमा ला’स जलाउने जिम्मा समितिले दियो।

उनी भन्छन्,”अहिले कोरोनाको समय भएकोले कोरोनाबाट मरेका लगभग ३५ जना जति जलाइसकेँ। आर्मीहरूले ल्याएका हुन्छन्,उनीहरूलाई पनि मैले नि ज’लाउन सिकाएको छु।” उनी भन्छन् भुतप्रेत भन्ने कुरा म आफैंलाई विश्वास लाग्दैन। म पनि सानोतिनो धामी नै तर पनि मलाई त्यस्तो कुरासँग कुनै ड’र लाग्दैन। उनले यसभन्दा अगाडि पनि एउटा मिडियालाई अ’न्तर्वार्ता समेत दिएका थिए।

उक्त अ’न्तर्वार्ता लिएको थाहा पाएपछि ऋ’षि धमलाले थाहा पाएर अ’न्तर्वार्ता नदिनु भनेका थिए रे। किन नदिनु भनेको भन्दा उनी खै थाहा भएन भन्छन्,सायद सबैलाई थाहा पाउलान् भनेर त्यसो भनेका हुन सक्छन् कि भनी सोध्दा उनी भन्छन्,थाहा पाएर मलाई केही फरक पर्दैन,यो मेरो कर्म हो,मैले बालक अ’वस्थादेखि गर्दै आ’इरहेको छु। दुनियाँले मलाई यसरी नै चिन्छन् तसर्थ केही फरक पर्दैन।

कहिलेकाही ऋषि धम’लासँग फोनमा कुरा’कानी हुन्छ कि हुँदैन भनेर सोध्दा उनी भन्छन्,कहिलेकाही गर्छ। भेट पनि हुन्छ,अस्ति भर्खरै पनि ऋषिकि श्रीमती पनि आएकी थिइन्। सुटिङ्गको लागि आएको भन्थिन्। घरमा निस्केर भेटघाट गरेर गएकी थिइन्।