सगरमाथा शिखर पुगेर फर्कने क्रममा लडेर गाइडको मृ’त्यु

सगरमाथा आरोहणका क्रममा लडेर गाइडको मृ’त्यु भएको छ।

मंगलबार बिहान क्याम्प-२ नजिकै संखुवासभाका पेम्बा टासी शेर्पाको लडेर मृ’त्यु भएको पर्यटन विभागले जनाएको छ।

आरोहण गरेर फर्कँदै गर्दा उनको ज्यान गएको हो।

यो सिजनमा सगरमाथा आरोहणका क्रममा तीन जनाको मृ’त्यु भइसकेको छ।

खराब मौसमका कारण शव निकाल्न सकिएको छैन।

गत साता स्विजरल्याण्ड र अमेरिकाबाट आएका दुई आरोहीको पनि शिखर पुगेर फर्कँदै गर्दा ज्यान गएको थियो।