इजरायललाई ७३५ मिलियन डलरको ह’तियार बेच्दै अमेरिका

इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक तनाव चलिरहेकै बेला अमेरिकाले इजरायललाई ठूलो परिमाणमा ह’तियार बेच्ने भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनको प्रशासनले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर बराबरको ह’तियार बेच्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समय भएपनि अमेरिकी संसद्मा उक्त प्रस्ताव पास हुने अपेक्षा गरिएको छ । रोयर्टसले अमेरिकी संसद्को उच्च स्रोतलाई उद्धृत गर्दै मे ५ मा इजरायललाई ह’तियार बेच्न प्रस्तावबारे सूचित गरिएको बताएको छ । अमेरिकाले इजरायललाई हतियार बेच्ने भन्ने समाचार सबैभन्दा पहिले वासिङ्टन पोस्टले प्रकाशित गरेको हो ।

औपचारिक रुपमा सूचित गर्नुभन्दा पहिले अप्रिलमै अमेरिकी कंग्रेसलाई इजरायललाई हतियार बेच्ने योजनाबारे जानकारी गराइएको थियो। अमेरिकाले इजरायललाई ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स (जेडीएमएमए) बिक्री गर्न लागेको पनि रोयटर्स र वासिङ्टन पोस्टले बताएका छन् । उक्त हतियार बोइङले बनाएको हो ।

जेएडीएम बम फिट गरेर प्रहार गर्न मिल्ने हतियार हो । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण गर्न यस प्रकारका ह’तियार ठूलो परिमाणमा किनेको छ । अहिलेसम्म इजरायललाई ह’तियार बेच्ने प्रस्तावमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरुले कुनै आपत्ति जनाएका भने छैनन् । अमेरिकी सदनले हतियार बिक्रीको प्रस्तावलाई रोक लगाउन सक्नेछ ।

तर यस पटक भने रोक लगाउने सम्भावना कम भएको बताइएको छ । गाजा क्षेत्रमा द्वन्द्व चर्किएको दोस्रो हप्ता सुरु भइसकेको छ, तर तत्काल अन्त्य हुने भने संकेत देखिएको छैन ।