पछिल्लो २४ घण्टामा ८,२०३ संक्रमित १९६ जनाको मृ’त्यु

मंगलबार मुलुकमा कोरोनाभाइरसका ८,२०३ संक्रमित थपिएका छन् ।

२० हजार ९७९ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १९६ जनाको मृ’त्यु भएको छ ।

६,८९१ निको भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख १४ हजार पुगेको छ ।

कूल संक्रमित संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । भाइरसका कारण अहिलेसम्म ५,४११ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौं जिल्लामा मात्र २०४९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय संक्रमित संख्या २७ हजार ३३९ पुगेको छ ।