अक्सिजन जुटाउन नाजिर हुसेनले दिए महावीर पुनलाई एक लाख

कोरोनाभाइरस महामारीले अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । यस्तो बेला प्राणवायुको जोहो गर्ने कार्यमा सेलेव्रिटी पनि सक्रिय छन् । सेलेब्सले आ-आफ्नै तरिकाले अक्सिजन उपलब्ध गराउन योगदान दिइरहेका छन् ।

अक्सिजन उपलब्धताका लागि भन्दै अभिनेता नाजिर हुसेनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एकलाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । पुनको उक्त आविष्कार केन्द्रले अक्सिजन सिलिन्डर जुटाउन अस्पतालहरुलाई मद्दत गरिरहेको छ ।

आर्थिक सहयोग गर्दै नाजिरले भने, ‘हामी सवैले आफूले सकेको सहयोग गर्ने हो। मैले मेरो तर्फबाट गरेको यो सानो सहयोगले कोहि कसैको जीवन बाँच्नका लागि मद्दत मिल्छ भनेर अपेक्षा गरेको छु।’