यी हुन् भारतका दोस्रो मुकेश अम्बानी

एजेन्सी। बलिउडमा १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ ।बलिउडका अभिनेता तथा अभिनेत्री कमाईको हिसाबले कुनै उद्योगति भन्दा कम हुँदैनन् । यस उद्योगका हर कोहि निकै सम्पन्न र धनि छन् ।केही कमलाई हटाएर गणना गर्ने हो भने बलिउडका धेरै जसो अभिनेता तथा अभिनेत्रीको जीवनशैली निकै नै लोभलाग्दो छ । तर यी मध्येमा पनि एकजना अभिनेता यस्ता छन् जसलाई बलिउडका सबैभन्दा धनि अभिनेता तथा दोस्रो अम्बानी भनेर चिन्ने गरिन्छ।

भारतका दोस्रो अम्बानीको रुपमा परिचित सुनील शेट्टी लामो समयदेखि बलिउडबाट टाढा रहेका छन् । कुनै समय एक्सन हिरोको उपाधि पाएका उनी लामो समयदेखि चलचित्रमा देखिन छाडेका छन् यद्यपि उनी सम्पतिको हिसाबले दोस्रो अम्बानीको रुपमा चिनिन्छन् ।इन्डियाका ‘अर्नोल्ड श्वार्जनेगर’ भनेर चिनिएका शेट्टीको अभिनय अरु बाकीँ फिल्मका स्टारको भन्दा निकै अलग मानिन्छ । ‘धडकन’, ‘टक्कर’, ‘मोहरा’ जस्ता ११० चर्चित फिल्ममा काम गरिसकेका उनी ५६ वर्षका सुनिलले मलयालम, तामिल र अंग्रेजी फिल्ममा समेत काम गरेका छन्।

सुनिल राम्रो अभिनेता मात्र होइनन् उनी एक सफल व्यावसायी पनि हुन् । उनको वार्षिक कमाई १०० करोड भन्दा बढी हुने स्रोतले उल्लेख गरेको छ । उनको ‘रेस्टुरेन्ट’, ‘प्रोडक्सन हाउस’, ‘कपडाको बुटीक’ जस्ता व्यवसाय रहेको छ । उनी सामाजिक कार्यमा पनि निकै सक्रिय रहेका छन् ।फिल्मबाट टाढिएका सुनिलले खेलमा आफ्नो ध्यान केन्द्रीत गरे । उनले अन्य स्टारसँग मिलेर ‘सेलिब्रेटी क्रिकेट लीग’ को लागि टीम किने जसको कप्तान उनी आफै हुन् ।सुनिल शेट्टीले बलिउडमा फिल्मसँग सँगै व्यवसायलाई अगाडि बढाउने सँस्कारको विकास गरे।