नेपालले भने, ‘तपाईँ एमालेको उम्मेदवार, जिताउने मेरो कर्तव्य हो’

गृहमन्त्री रामबहादुर थापा नेकपा एमले नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा पुगेका छन् । जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि गृहमन्त्री थापा उम्मेदवार रहेका छन् ।

भेटमा नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन सबै शक्ति परिचालन गरिने बताएका छन् ।

‘तपाईं एमालेको उम्मेद्वार भएकोले विजयी गराउनु मेरो दायित्व हो’ भनेर नेपालले भनेको थापाका प्रेस सल्लाहकार किरण भट्टराईले बताए । करिब ४५ मिनेट भएको भेटघाटमा एमाले विवादको समाधानका लागि पनि दुवै नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।