‘ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो, अब अर्को छोरा पनि बाँच्दैन…

चिनको वुहानबाट सुरु भएको भनिएको कोभिड-१९ को महामारीले यति बेला कुनै पनि देश चोखो बसेको छैन । पछिल्लो समय भारतमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको लप्का नेपालमा समेत आइसकेको अवस्था छ ।

भारतमा दैनिक लाखौको संक्रमण पुष्टि भइरहेको छ भने हजारौको मृ’त्युको खबर आइरहेको छ । मृ’त्यु हुनेहरु मध्य मिरूतका जुम्ल्याहा दाजुभाई भारतीय संचार मध्यममा छाएका छन । सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलका दुई छोरा पनि कोरोनाको सिकार बन्न पुगे ।

खुसि खुसि २४ औ जन्म दिन मनाएका उनीहरुलाई कोरोना संक्रमण भएको थियो । गत अप्रिल २४ तारिखका दिन उनीहरुलाई ज्वरो आएको थियो । उक्त ज्वरो नघटे पछी अस्पताल लादा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारमा राखे पनि जुम्ल्याहामा कोरोनाको ठुलो असर देखियो । आनन्द अस्पतालको कोभिड वार्डमा उनीहरूको उपचार भएको थियो । शरीरमा अक्सिजनको मात्र अत्यन्तै घट्न गयो र अन्तत उनीहरुको केहि घण्टाको अन्तरमा गत मे १३ तारिख मृ’त्यु भयो ।

सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी जुम्ल्याहा छोराको २०२१ मा केहि घण्टाको अन्तर मै मृ’त्यु भयो । जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे। दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। दुबै जना हैदरावादमा काम गर्थे। केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा थिए।

तर दैवको लिला आमा सोजालाई अस्पतालबाट फोन आयो। उनका एक जना छोराको कोरोनाले मृत्यु भएको जानकारी दिइयो। बुबा राफेल भन्छन – ‘ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो- अब अर्को छोरा पनि बाँच्दैन। किनकी उनीहरू छुट्टिनै नसक्ने थिए ।’ अन्तत बुबाको भनाई सत्य साबित भयो । एक छोरा बितेको केही घन्टा नबित्दै अर्का छोराको पनि मृत्यु भयो।