राजेन्द्र महतो दलको नेता चयन भएको भन्दै संसद सचिवालयलाई जसपाको पत्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलमा राजेन्द्र महतो चयन भएको बारे संसद सचिवालयलाई जानकारी गराइएको छ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले पत्रमार्फत महतोलाई संसदीय दलको नेता चयन गरिएको जानकारी गराएका हुन्। वैशाख ३० गते बसेको संसदीय दलको बैठकले महतोलाई नेता चयन गरेको ठाकुरले जानकारी दिएका छन्।

यद्यपि जसपाको बाबुराम–उपेन्द्र पक्षले भने महतो संसदीय दलको नेता चयन भएको विषयलाई अस्वीकार गर्दै आएको छ। बाबुराम–उपेन्द्र पक्षले केही दिन अगाडि एउटा विज्ञप्ती जारी गर्दै संसदीय दलको विधानको समेत टुंगो लागिनसकेको अवस्थामा संसदीय दलको नेता चयन भइसकेको विषय अमान्य हुने जनाएको थियो।