जसपाले बोलायो केन्द्रीय कार्यकारिणीको बैठक

जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

ठाकुर र यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गते पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाएका हुन् ।

‘देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरूमा विचार विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदा’ केन्द्रीय कार्ययकारिणी बैठक बोलाइएको विज्ञप्तिमा लेखिएको छ ।