ज्ञानेन्द्र शाहले धेरै बकबक गरे नागार्जुनबाट निकाल्ने मन्त्री यादवको चे*तावनी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै बकबक गरे नागार्जुनबाट निकाल्ने चे*तावनी दिएका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो चेतावनी दिएका हुन् ।उनले भनेका छन्,‘अब ज्ञानेन्द्रले धेरै बकबक नगरे हुन्छ । सिनो भैसकेको राजतन्त्र अब फर्कदैंन् ।’ पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको चे*तावनी जायज रहेको पनि उनको टिप्पणी छ ।

प्रधानमन्त्री ओलीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको बताए ।त्यस्तै, मन्त्री यादवले आजमात्रै नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत मोतिहारी–अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटनलाइए ऐतिहासिक कदमको संज्ञा दिए । उनले यो उद्धघाटनसँगै नेपाललाई धेरै फाईदा भएको तर्क गरे ।त्यसको असर आज पेट्रोलियम पदार्थको मुल्य घटेको पनि उनको तर्क छ । । अहिले मोतिहारी–अमलेखगन्ज आईपुगेको सुनाउँदै अब अअमलेखगन्ज–हेटौंडा हुँदै काठमाडौंसम्म आउने उनको भनाई छ। त्यस्तै, उनले नेपालमा भारतविरोधी कुनैपनि गतिविधि नभएको जिकिर गरे । उनले भने,‘हामी भारतविरोधी कुनैपनि गतिविधि हुन पनि दिँदैनौं ।’ मुलुक यतिवेला चाडपर्वको मुखमा रहेकोले अब सरकारले बजार अनुगमन सुरु गर्नेपनि मन्त्रीको भनाई छ । उनले कालोबजारी र विचौलियालाई ठाउँको ठाउँ कारबाही गर्ने चे*तावनी दिए ।

फरक प्रसँगमा उनले वर्तमान ओली सफल कि असफल भन्नेरबारे आफूले कुनै प्रतिक्रिया नदिने बताईन् । उनले भने,‘सफल कि असफल भन्ने कुरा म भन्न सक्दिन् । यो त जनताले भन्ने कुरा हो ।’ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति सरकार र पार्टी सञ्चालनबारे सहमति हुने पनि उनको विश्वास छ । उनले भने,‘सरकार ओलीले र पार्टी प्रचण्डले चलाउने हो।’