यी हुन देशकै उत्कृष्ट शिक्षक

सल्यान । शैक्षिक क्षेत्रमा उत्कृष्ट काम गरको भन्दै सरकारले देशभर छनोट गरेको १०१ उत्कृष्ट शिक्षकहरु मध्ये सल्यानबाट धर्मराज घर्ति छनोटमा परेका छन् । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट १०१ शिक्षकलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

सामुदायिक विद्यालयका ७७, संस्थागत विद्यालय र नेपालस्काउट तर्फ ६, विश्वविद्यालयतर्फका ११ र प्राविधिक शिक्षालयका ७ गरी १०१ शिक्षकहरुलाई पुरस्कारका लागि छनोट गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कारका लागि खुलारुपमा आवेदन माग गरी उनीहरुबाट उत्कृष्ट शिक्षकहरुको छनोट गरेर नाम सार्वजनिक गरेको हो ।

को हुन सल्यानबाट पर्ने धर्मराज घर्ति

सल्यानबाट छनोटमा परेका धर्मराज घर्ति शिद्धकुमाख ३ ढोरचौरमा रहेको निराजन माविका प्रधानध्यापक हुन् । २०५२ साल देखि शिक्षण पेशामा संलग्न घर्ती २०५६ सालमा निराजन माविमा शिक्षकको रुपमा प्रवेश गरेरर ०६१ सालदेखि हालसम्म विद्यालयको पधानध्यापकको रुपमा कार्यरत छन् ।

सल्यानको दमाचौरमा जन्मिएका उनि विद्यार्थी जीवनमा हुँदा ०४८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) सल्यानको जिल्ला संयोजक समेत भएका थिए।

मावि तह अन्तर्गत कक्षा १२ सम्म पढाई हुने विद्यालयमा हाल आएर कक्षा ९ देखि १२ सम्म भेटेरीनरी कक्षा संचालन हुदै आएको छ । सो विद्यालयले जिल्लामै पहिलो पटक पशु उपचार केन्द्र पनि संचालनमा ल्याएको छ । यो विद्यालयमा बालविवाह गर्नेले पढ्न नपाउने नियम रहेको छ ।