खैरो हिरोइनसहित २ युवती प’क्राउ

कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित २ युवतीलाई प’क्राउ गरेको छ ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका ७ कालाकुण्डाबाट सोही वडाका २४ बर्षीया दिलु पाण्डे र १६ बर्षीया राधा पाण्डेलाई प’क्राउ गरेको हो ।

सोमबार दिउँसो उनीहरुको साथबाट करिब ९.९५० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनीहरुको म्याद थप गरी अनुसन्धान गरिने उनले बताए ।