नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी लैजाँदै नेपाली एयरलाइन्स

काठमाडाै – नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरब लैजान नेपाल एयरलाइन्सले २ र हिमालय एयरलाइन्सले ३ वटा उडान गर्ने भएका छन्।

नेपाल एयरलाइन्सले मंगलबार र बुधबार १/१ उडान गर्ने छ भने हिमालयले मंगलबार नै ३ वटा उडान गर्ने भएको छ। भारतीय नागरिकलाई साउदी अरब लैजान दिन भारतीय दूतावासलसे आग्रह गरेको थियो ।

सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई ७/७ वटा उडान गर्न दिन निर्णय गरेको थियो । हिमालय एयरलाइन्सले तीनवटै उडान एकै दिन गर्नेछ । कम्पनीले दमामका लागि ८२० अमेरिकी डलर भाडा तोकेको छ।

साउदी जाने यात्रुले बोर्डिङ गर्दा पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने जनाइएको छ ।