सत्यमोहन जोशीको तस्वीर अंकित २५ सयकाे सिक्का सार्वजनिक

काठमाडौं। नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित सय, हजार र २५ सय दरका सिक्का सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा जोशीको जन्म शताब्दीको अवसर पारी ती सिक्का सार्वजनिक गरेका हुन्।

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि प्राप्त गरेका जाेशीले विगत चार दशकदेखि विभिन्न नेपाली नोटमा अंकित चित्रहरुको सांगोपाँगो अध्ययन गरी राष्ट्र बैंकलाई दिँदै आएका थिए । साेही सुझावको कदर स्वरुप राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का सार्वजनिक गरेको हो।

अर्थमन्त्री खतिवडाले बैंकको शुद्धीकरणमा जाेशीले पुर्याएकाे योगदानको कदर गरी राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का सार्वजनिक गरेको स्पष्ट पारे । ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो।

(नयाँ पत्रीका)