बाबुको अन्त्येष्टि गर्दागर्दै अस्पतालमा छोराको पनि मृ’त्यु

दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो ।

उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो । पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी भएर भैरहवामा उपचाररत थिए ।

दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा बुबाको आइतबार मृ’त्यु भएको थियो । सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृ’त्युको खबर आयो । यद्यपि बुबाको मृ’त्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन ।

आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृ’त्यु भएको खबर आएको स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए । कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएको तर परीक्षणमा भने रिपोर्ट नेगेटिभ देखिएको थियो ।